newskoseli.Com

चालकरहित विमानबाट अमेरिकाले मार्‍यो ८ विद्रोही

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिकी चालकरहित विमान आक्रमणमा परी आठ जना इस्लामिक स्टेट (आर्इएस) विद्रोही मारिएको प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ ।

नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पहाडी प्रान्त नान्गार्हारको प्रान्तीय राजधानी जलालाबाद सहर अफगानिस्तानको राजधानी काबुलबाट १ सय २० किमी पूर्वमा पर्दछ । नान्गार्हार प्रान्तमा आर्इएस लडाकु र सुरक्षाबलबीच सन् २०१५ को सुरुबाट नै द्वन्द्व जारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर