newskoseli.Com

चट्याङ लागेर ११ को मृत्यु…

भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तिमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।

उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।

चट्याङ परेर मरेका यी व्यक्तिहरू प्रायः धान खेतमा काम गरिरहेका थिए । वर्षात् जारी रहे पनि उनीहरू काममा थिए । सोही क्रममा चट्याङ परेको थियो ।

भारतको राष्ट्रिय दैवी प्रकोप विभागका अनुसार सन् २००५ यताको तथ्याङ्कमा भारतमा प्रत्येक वर्ष करिव २ हजार व्यक्तिको मृत्यु चट्याङकै कारणले हुने गरेको देखाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर