newskoseli.Com

२४ घन्टाबीच २ पटक शक्तिशाली भूकम्प

पर्यटकीय नगरका रुपमा प्रख्यात दक्षिणपश्चिमी चीनको सिचुआन प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु हुनुका साथै २ विदेशीसहित १ सय ७७ व्यक्ति घाइते भएका छन् ।

पहिलो भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ भने पछिल्लो भूकम्प ६.३ म्याग्नीच्युडको गएको छ । सोबार रातिदेखि २४ घन्टायता २ वटा शक्तिशाली भूकम्पको धक्का महसुश गरिएको हो ।  भूकम्पको केन्द्रविन्दु सिनजियाङ प्रान्तको काजकिस्तानको सीमा इलाका नजिकै रहेको जनाइएको छ ।

भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको पूरा विवरण प्राप्त भइसकेको छैन । ७.० म्यानिच्युडको भूकम्पमा परी स्थानीय समय अनुसार बुधबार बिहान ९ः३० सम्म दुई विदेशी सहित १ सय ७७ व्यक्ति घाइते भएका हुन् ।

मङ्गलबार साँझ स्थानीय समय अनुसार ९ः१९ बजे राति आएको भूकम्पको केन्द्रविन्दु प्रख्यात पर्यटकीय स्थल जिउजाइगुउ ग्रामीण इलाकाको २० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । घाइते भएका विदेशीहरुमा १ फ्रान्सेली पुरुष र अर्का क्यानडाली महिला रहेका छन् ।

फ्रान्सेली पुरुषका दुवै खुट्टा भाँचिएको र अर्का क्यानडाली महिलाको भने टाउकोमा सामान्य चोट लागेको समाचारमा जनाइएको छ । घाइतेहरुको जिउजाइगुउस्थित नागरिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सिचुवानको प्रान्तीय सरकारले यहाँका सरकारी सुरक्षा तथा उद्वारमा खट्ने निकायलार्इ चुस्त रुपमा काम गर्न निर्देशन दिइएको छ । सोही बमोजिम उद्वारकार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर