newskoseli.Com

मंगलबारको विस्फोटमा ६ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मङ्गलबार विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार विस्फोटमा ८ जना घाइते भएका छन् ।

सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विष्फोटक पदार्थ ३ सामान्य नागरिक सहित एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे थप विवरण आउन केही समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म कुनै समूहले घटनाको जिम्मेवारी लिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर