newskoseli.Com

व्यापक हिउँ पर्दा १० जनाको मृत्यु…

चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।

जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्यूनीकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउँवर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध भएको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार शान्छी, हेनान, हुबेई, अन्हुई र जिआङसु प्रान्तहरु हिउँबाट बढी प्रभावित भएका छन् । झन्डै २ सय जना विस्थापित भएका छन् भने १ सय जनाभन्दा बढी मानिसलाई आपतकालीन सेवाको आवश्यकता रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार झन्डै २ सय घर ध्वस्त भएका छन् भने अरु ४ सय घरमा क्षति पुगेको छ । खराब मौसमले झन्डै १३ हजार १ सय हेक्टर क्षेत्रफलको कृषिभूिममा असर पारेको छ । त्यसमध्ये ९ सय हेक्टर क्षेत्रफलको बालीनाली नष्ट भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर