
अफगानिस्तानको हेल्मन्ड प्रान्तमा बिहीबार आफ्नै सहकर्मीको आक्रमणमा परी ९ जना प्रहरीको मृत्यु भएको छ ।
“प्रहरीको पोशाकमा रहेका एक जना व्यक्तिले प्रहरी अधिकारीहरुलाई गोली प्रहार गरेका हुन्”– एक स्थानीय सरकारी अधिकारीले भने ।
उनले थपे– “आज बिहान हेल्मन्ड प्रान्तको राजधानी लास्कारगाह नजिकै रहेको प्रहरी चौकीमा घटना भएको हो, घटनालगत्तै ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।”
हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाबारे थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।