newskoseli.Com

आमआदमी पार्टीका २० सांसदको पद किन भयो खारेज ?

भारतको दिल्ली राज्यका २० विधानसभा सदस्यको पद खारेज भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आमआदमी पार्टीका यी सांसदले सांसदबाहेक अन्यत्र समेत लाभको पद लिएको भन्दै निर्वाचन आयोगले अयोग्य घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

राष्ट्रपति रामनाथ कोविन्दले उनीहरुलार्इ अयोग्य घोषणा गर्न आइतबार स्वीकृति दिएपछि केन्द्र सरकारले सार्वजनिक सूचना जारी गरी उनीहरुको पद खारेज गरेको भारती समाचार संस्था पीटीआईले जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यी सांसदलाई संसदीय सचिव बनाएका थिए, जसलाई लाभको पद मानिन्छ ।

सन् २०१५ मार्चदेखि २०१६ सेप्टेम्बरसम्म लाभको पद लिएकाले उनीहरुलाई अयोग्य घोषणा गर्न आयोगले सिफारिस गरेको थियो । उनीहरु अयोग्य भएपछि अब दिल्लीका २० ठाउँमा उपचुनाव गर्नुपर्नेछ । यो घटनाले केजरीवालको सरकारलाई भने तत्काल कुनै असर पर्ने छैन ।

दिल्ली विधानसभाका ७० सिटमध्ये केजरीवालको पार्टीले ६६ सिटमा जित हात पारेको थियो । २० जना अयोग्य घोषित हुँदा पनि केजरीवाल सरकारसँग अझै राम्रो बहुमत कायमै रहन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर