newskoseli.Com

अपार्टमेन्टमा भिषण आगलागी, ४ को मृत्यु

चीनको सान्सी प्रान्तमा रहेको एक ‘अपार्टमेन्ट’ भवनमा मङ्गलबार बिहान भएको आगलागीमा परी चार व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय समयाअनुसार मङ्गलबार बिहान सबेरै १ः३० बजे भएको यस आगलागीमा परी अन्य १३ जना घाइते भएका थिए ।

प्रान्तीय राजधानी सियानको यान्टा जिल्लामा रहेको पाँच तले यस भवनमा अझै पनि १९ व्यक्ति फसेर रहेको अनुमान अग्नीनियन्त्रकले गरेका छन ।

यस अपार्टमेन्ट भवन आगलागीमा फसेका चार जनाको शव क्रेनले तानेर निकालिएको बताइएको छ । त्यसैगरी अन्य १५ जनाको जीवितै उद्धार गरिएको र दुई व्यक्ति गम्भीर घाइते भएका छन् ।

एघार जना सामान्य घाइते भएका र अन्य दुई जना भने सकुशल रहेका पनि बताइएको समाचारमा जनाइएको छ ।

पहिलो तलामा विद्युतीय लाइनमा आएको खरावीको कारण सो आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्राप्त अर्काे समाचारमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर