newskoseli.Com

मन्त्रीको निवासमा बम आक्रमण…

म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ ।

विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ । उनको निवास परिसरमा बाहिरैबाट बम हानिएको समाचारमा जनाइएको छ ।

पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।

राज्य परिषदका महानिर्देशक उ जवा हतीले भने– उनको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो तर समयमै आगो निभाइएकाले क्षति हुन पाएन ।

आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताए । उनले भने– बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजी सुरु भएको छ, त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।

विदेशमन्त्री सुकी हाल नेपितवमा रहेका बेला यता बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे केही खुलेको छैन । बम कति शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुन सक्छ भन्नेबारेमा पनि सुरक्षाप्रमुखका तर्फबाट केही बताइएको छैन ।

पछिल्लो समय रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारमा सैनिक ज्यादति बढेको भनी उनीहरू शरणार्थीका रुपमा भागेर बङ्गलादेश पुगेपछि म्यानमार सरकार र विशेषतः सुकीमाथि ठूलो दबाब परेको छ ।

विश्वकी प्रजातन्त्रवादी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेताजस्ती व्यक्तिले देशको शासनको बागडोर सम्हालेका बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीका रुपमा विदेशिनु परेको भन्दै सुकीको बढी नै आलोचना भइरहेकको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर