newskoseli.Com

चीनमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिङपिङ दोस्रो कार्यकालका लागि राष्ट्रपतिनमा निर्वाचित भएका छन् । शनिबार सीलार्इ राष्ट्रपतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मत पारित भएको हो ।

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उनलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । बैठकमा उपस्थित २ हजार ९ सय ७० जनाले उनको पक्षमा मत हाले । विपक्षमा कुनै मत परेनन् ।

६४ वर्षीय सी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित भएका छन् । निर्वाचित भएलगत्तै संविधान अनुसार ग्रेट हल अफ द पिपुल्समा उनले सपथग्रहण गरिसकेका छन् । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो नै पहिलो पटक हो ।

गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट उनी पार्टी महासचिवमा निर्वाचित भएका थिए । सन् २००७ मा चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रीय नेतृत्वमा पुगेका सी छोटो समयमै चीनको राष्ट्रपति र शक्तिशाली नेताका रूपमा स्थापित भए ।

गत अक्टोबरमा सम्पन्न महाधिवेशनले पार्टीको विधानमा सी विचारधारा समेत समावेश गरेको छ । शनिबार नै चिनियाँ संसदले दुर्इ कार्यकालका लागि मात्र कुनै एक व्यक्ति राष्ट्रपति बन्ने संवैधानिक प्रावधान हटाएको छ । यससँगै उनी अनिश्चितकालसम्मका लागि राष्ट्रपति बन्ने सम्भावना रहेको रोयटर्सले जनाएको छ ।

महाधिवेशमा महासचिवले नै आगामी नेतृत्व छनोट चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास र प्रचलन भए पनि गत अक्टोबरको महाधिवेशनमा सीले यो प्रचलन तोडिदिएका छन् । सीका निकट मानिने भ्रष्टाचारविरोधी अभियन्ता वाङ चिसानलाई पनि संसदले शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

राष्ट्रिय जनकंग्रेसको १३औं बैठकको पहिलो चरणमा सहभागी झन्डै ३ हजार सांसदहरुले उनीहरूलाई निर्वाचित गरेका हुन् । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर