newskoseli.Com

जन्ती सवार गाडी दुर्घटना : २१ को मृत्यु, १२ घाइते

वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

भारतमा मध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट मिनी ट्रक तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भूपालबाट ५ सय ७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो ।

दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएकाे त्यहाँका अधिकारीले बताएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् ।

उद्धार कार्य सम्पन्न भएको सरकारी अधिकारीहरुले जनाएका छन् । मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरे । दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर