newskoseli.Com

बम हमलामा ८ पत्रकारसहित २५ मारिए, ४५ घाइते

 

बम विस्फोटका दुई घटनामा फ्रान्सेली समाचार संस्था एएफपीका फोटोग्राफर साह मराईसहित ८ पत्रकार समेत कम्तिमा २५ जना मारिएका छन् ।

साेमबार अफगानिस्तानमा भएका यी आक्रमणका क्रममा आक्रमणकारीले पहिलो विस्फोट मोटरसाइकलमा गराएका छन् । १५ मिनेटपछि धेरै पत्रकारहरु समेत भएको ठाउँमा अर्को विस्फोट गराइएको थियो । समाचार संस्था एएफपीका अनुसार दोस्रो आक्रमण मुख्यतः पत्रकारहरुलाई नै लक्षित गरी गरिएको थियो ।

‘बम हमलाकारी पत्रकार बनेर भीडमा मिसिएको थियो, त्यसपछि उसले भीडमा नै बम पड्काएको थियो’– प्रहरी प्रवक्तालाई उधृत गर्दै एएफपीले भनेको छ । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नाजीब दनिसले भने अनुसार कम्तिमा ८ पत्रकार र ४ जना प्रहरी अधिकारी मारिएको बीबीसीले जनाएको छ । घटनामा ४५ जना घाइते भएका जनाइएको छ ।

आर्इएसले घटनाको जिम्मेवारी लिएको छ । आर्इएससम्वद्ध अनलाइनका अनुसार उसले अफगानिस्तानको इन्टेलिजेन्स ब्युरोलाई लक्षित गरी आक्रमण गरेको हो । तस्बिरहरुमा देखिए अनुसार पत्रकारहरू लाइन लागेका बेला बम पड्किएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर