newskoseli.Com

प्रतिघन्टा १२० किमीको आँधी : ८१ जनाको मृत्यु, सयाैं घाइते

 

बुधबार भारतको राजस्थान र उत्तर प्रदेशमा आएको आँधीले निकै नोक्सानी पुर्‍याएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ३६ जना र उत्तर प्रदेशमा ४५ जनाको मृत्यु भएको छ ।

आँधीका कारण १ सय ४० भन्दा बढी मानिसहरु घाइते भएका छन् । आँधी २० किमी प्रतिघन्टाको गतिमा आएको थियो । आँधीको कारण कयाैं रुख र बिजुलीका पोलहरु लडेका छन् । कयाैं स्थानमा सडक र रेलमार्गमै रुख र बिजुलीका पोल लडेकाले यातायात व्यवस्था समेत ठप्प भएको छ ।

राजस्थानमा आँधीले पुर्‍याएको क्षति

विपद व्यवस्थापनमा कार्यरत हेमन्तकुमार गेराले भने– “राजस्थानका ३ जिल्लाहरु बढी प्रभावित भएका छन् । यसमा भरतपुर, धौलापुर र अलवर सबैभन्दा बढी प्रभावित रहेका छन् । भरतपुरमा १२, धौलपुरमा १० र अलवरमा ४ जनको मृत्यु भएको छ । त्यहाँ १०० जना घाइते भएका छन् ।”

विकानेरमा ३८ किमी प्रतिघन्टाको गतिमा आँधी आएको थियो । यस दौरान ५ सय मिटर भिजिबिलिटी थियो । त्यस बेला ४५ डिग्री सेल्सियस रहेको तापक्रम घटेर ३५ डिग्री सेल्सियसमा पुगेको थियो । जयपुरमा १८ किलोमिटर प्रतिघन्टाको गतिमा आँधी आएको थियो । त्यहाँ आँधीका कारण तापक्रम ८ डिग्री सेल्सियस कम भएको थियो ।

बुधबारको विपदपछि जैसलमेर र कोटाको तापक्रम सबैभन्दा बढी रह्यो । यहाँ ४५ डिग्री तापक्रम रेकर्ड गरिएको थियो । उता, पिलानीमा २३.७ मिलीमिटर वर्षा रेकर्ड गरियो ।

प्रकोपमा परेर मरेका मानिसहरुप्रति राजस्थानकी मुख्यमन्त्री वसुन्धारा राजे सिंधियाले शोक व्यक्त गरेकी छन् । आवश्यक मद्धतका लागि सार्वजनिक उनले आह्वान समेत गरेकी छन् । प्रकोपबाट धेरैको मृत्यु भएपछि काङ्ग्रेस महासचिव अशोक गहलोतले आफ्नो जन्मदिनको कार्यक्रम रद्ध गरेका छन् ।

उत्तर प्रदेशकाे यस्ताे छ हालचाल…

उत्तर प्रदेशमा तीब्र गतिमा आएको आँधी र वर्षाका करण ४५ जनाको ज्यान गएको छ । आँधीबाट आगरा सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ३६ मानिसको ज्यान गएको थियो । ३८ मानिसहरु घाइते भएका छन् । स्थानीय अधिकारीहरुले सबै प्रभावित क्षेत्रमा राहत र बचाउ कार्यक्रम पुर्याउन निर्देशन दिएका छन् ।

मृत्यु भएका मानिसहरुको परिवारलाई ४ लाख र घाइतेहरुलाई ५० हजार अनुदान दिने घोषणा मुख्यमन्त्री योगी आदित्यनाथले गरेका छन् ।

आँधीका कारण दिल्लीमा आइपीएलको खेल पनि प्रभावित 

भारतको राजधानी दिल्ली वरिपरि पनि चक्रवाती हावाका कारण बुधबार साँझ मौसम अचानक बदलिएको थियो । दिनभरि चर्को घाम लागेपछि साँझ ५ बजे ६० किमि प्रति घण्टाको गतिमा तीब्र हावा चल्यो । केही समयपछि ठूलो वर्षा भएको थियो । यसका कारण फिरोजशाह कोटला मैदानमा दिल्ली डेयरडेविल्स र राजस्थान रोयल्सबीचको खेल ढिलो गरी सुरु भएको थियो ।

आँधी र वर्षाको कारण दिल्लीको अधिकतम तापक्रम ३८.३ बाट झरेर २०.४ डिग्री सेल्सियस भएको थियो । सोही कारण करिव २६ स्थानमा रुख र पर्खालहरु लडेको सूचना आएको छ । यसको दौरान कयाैं स्थानमा ट्राफिक जाम समेत भएको थियो ।

यसरी अाउँछ  आँधी…

धेरै जसो मरभूमिहरु भू–मध्य रेखाको नजिक रहेका छन् । यो क्षेत्रमा वायुमण्डलको दबाब निक्कै धेरै रहन्छ । यो दबाबले उचाईमा रहेको सुख्खा हावालाई जमिनसम्म ल्याउँछ । यस क्रममा सूर्यको सिधा किरणले हावामा रहेको पानीलाई नष्ट गरिदिन्छ । यसले हावा निकै तातो हुन्छ । यही कारण वर्षा हुन पाउँदैन र जमिन सुख्खा र तातो हुन्छ । जमिन तातेपछि पानीको अभावको कारणले धूलोका कणहरु आपसमा जोडिन सक्दैनन्, यस्तोमा धूलो हावासँग सजिलै माथि उड्छ ।

हावाको गति ४० किमि प्रति घन्टाभन्दा धेरै हुँदा धूलो कणले आँधीको रुप लिन्छ । आँधीसँगै धूलाको कण १० देखि ५० फिटसम्म माथि उड्न थाल्छ । कहिले त यो त्यो भन्दा पनि उचाईमा पुग्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर