newskoseli.Com

पूर्वप्रधानमन्त्री पक्राउ, नयाँ राजनीतिक उतार–चढाव…

 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।

शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए ।

शरीफलाई हालै मात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो । सो फैसलाको समयमा लन्डनमा रहेका शरीफलाई स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा नयाँ उतारचढाव आएको छ ।

जुलाई २५ मा पाकिस्तानमा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान सुरु भइसकेको छ । निर्वाचनको पूर्वसन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ ।

पाकिस्तानको सेनाले आफूलाई सधैं तारो बनाएको उनले बताएका छन् । लन्डनबाट स्वदेशका लागि प्रस्थान गर्नुअघि पनि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका थिए– ‘म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ– म विमानस्थलमा पुगेपछि उनीहरूले मलाई पक्राउ गर्न सक्छन् ।’

उनलाई १० वर्षे जेल सजायसँगै १ करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् ।

प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ । रासस/सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर