newskoseli.Com

एकै रात १२ वटा विद्यालयमाथि आक्रमण, छात्रा विद्यालयहरु बढी लक्षित…

पाकिस्तानको उत्तरी गिल्गीत बालटिस्तान क्षेत्रका १२ वटा विद्यालयमाथि एकै रात आक्रमण भएको छ ।

अज्ञात आक्रमणकारीहरुले विद्यालयहरुमा बिहीबार हिंसात्मक हमला गरेपछि स्थानीयवासी त्रसित भएका छन् ।

तुलनात्मक रुपमा अन्य क्षेत्रभन्दा शान्त मानिने बाल्टिस्तानमा अहिले अतिवादीहरुको गतिविधि बढेको अधिकारीहरूले शुक्रबार बताएका छन् । आक्रमणमा मानवीय क्षति नभएको उनीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले विषेश गरेर छात्रा विद्यालयहरुलाई बढी लक्षित गरेको देखिएको छ । ‘आक्रमणकारीहरुले डाइमिर जिल्लामा रहेका १२ वटा विद्यालयहरुलाई ध्वस्त पार्ने प्रयास गरेका छन्’- क्षेत्रीय गृहसचिव जवाद अक्रामले भने । उनी थप्छन्- ‘आक्रमणकारीहरुले ती विद्यालयहरुमध्ये केही विद्यालयमा आगलागी समेत गराउने प्रयास गरेका थिए भने कतिपयमा विद्यालयका झ्यालढोका फोडिदिए ।’

घटनाका बारेमा स्थानीय सरकारले अनुसन्धान सुरु गरिसकेको जानकारी पनि गृहसचिव जवादले दिएका छन् । गिल्गीत, बालटिस्तान क्षेत्र पाकिस्तानका अन्य ठाउँभन्दा तुलनात्मक रुपमा कम हिंसाप्रभावित ठाउँ मानिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर