newskoseli.Com

‘विद्यार्थी आन्दोलन निस्तेज पार्न’ सरकारले काट्यो मोबाइल इन्टरनेट !

 

बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई ‘निस्तेज पार्न’ सरकारले आइतबारदेखि मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

तीव्र गतिको एउटा सवारी साधनको ठक्करबाट आफ्ना दुई जना साथीको मृत्यु भएपछि सुरक्षित यातायातको माग गर्दै बङ्गलादेशको राजधानी ढाकाका कतिपय ठाउँमा विद्यार्थीहरुले आन्दोलन चर्काइरहेका छन् । ढाका नजिकैको जिगाताला भन्ने ठाउँमा शनिबार भएको प्रदर्शनले उग्ररुप लिएपछि कम्तिमा १ सय जना घाइते भएका थिए ।

प्रत्यक्षदर्शीहरुका अनुसार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गरेको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको थियो । देशको सबैभन्दा बढी बिक्री हुने अखबार ‘प्रोथोम आलो’ ले पनि प्रदर्शनहरु हिंसात्मक भएसँगै शनिबार अबेरदेखि इन्टरनेट सेवा अवरुद्ध भएको जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर