newskoseli.Com

फेरि नयाँ प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध पनि ४ उजुरी…

प्रस्तावित प्रधान न्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन् । समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो ।

उक्त समयसीमा बुधबार सकिएको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चार वटा उजुरी दर्ता भएकाा छन् । सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन । उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ ।

शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने सङ्घीय संसद् सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले बताए । उनले भने– ‘तोकिएको १० दिनको समयसीमामा चार वटा उजुरी दर्ता भएका छन्, शुक्रबार बिहान बैठक बोलाइएको छ र सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ ।’

यसअघि भदौ ७ मा मिश्रलाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेको खबर बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर