newskoseli.Com

प्लेन चढ्नभन्दा पनि ट्याक्सी चढ्न महँगो !

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने– ‘काठमाडौंमा प्लेनले लिने भाडाभन्दा पनि ट्याक्सी भाडा महँगो छ ।’

उनले भैरहवा र धनगढीको जहाज भाडा समेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे । काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ (प्रतिकिलोमिटर १६ रुपैयाँ) मा यात्रा गर्न सकिने उनले सुनाए । उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ । अर्थात्, १ किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ ।

०७२ माघ २४ मा सरकारद्वारा निर्धारित शुल्क अनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ । गुणस्तर तथा नातपौल विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा १ रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ । विभागले निर्धारण गरेको भाडा अनुसार ट्याक्सीमा चढ्ने बित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ । प्रति २ सय मिटरमा ७ रुपैयाँ उठनुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीले त झन् मनपरी भाडा लिने गरेका छन् । न्यूनतम भाडा नै ५ सयदेखि ७ सय रुपैयाँ निर्धारण गरिएको छ । विभागले काठमाडौं उपत्यकाभित्र सहरी क्षेत्रका लागि ५ किलोमिटरसम्म ४ सय ८१ रुपैयाँ भाडा तोकेको छ । ५ किलोमिटरभन्दा बढीमा प्रतिकिलोमिटर ६८ रुपैयाँसम्म मात्रै लिन पाइन्छ ।

उपत्यकामा बढीमा १ हजार ५२ रुपैयाँ मात्रै लिन पाउने गरी यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको छ । तर, विमानस्थलका ट्याक्सी व्यवसायीले मनोमानी भाडा लिने गरेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर