newskoseli.Com

ट्रिपर–आतंक कायमै : फेरि दाजुभाइकै लियो ज्यान !

बालुवा बोकेको अनियन्त्रित ट्रिपरले हिर्काउँदा पूर्व–पश्चिम राजमार्गको धारापानीमा दाजुभाइको एकैसाथ मृत्यु भएको छ । तीव्र गतिमा रहेको ट्रिपरले मोटरसाइकलमा यात्रारत दाजुभाइलाई किचेको हो ।

त्रियुगा नगरपालिका– ४, उदयपुर बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीया सचिन्द्र राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । मृत्क विकास र सचिन्द्र सहोदर दाजुभाइ हुन् । विदेशबाट आएको समान लिन उनीहरु महोत्तरीको बर्दिवाससम्म हिँडेका थिए ।

‘एउटा चारपाङ्ग्रे गाडीलार्इ ओभरटेक गरेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ढल्केबरबाट पूर्वतर्फ गइरहेको ना १ प ६१८९ नम्बरको ट्रिपरले ठक्कर थिएको थियो । ट्रिपर तीब्र गतिमा थियो’– जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर दीपक साहले भनेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर