newskoseli.Com

अस्पतालमा जन्मिइन् छोरी, घर पुग्दा कसरी भयो छोरा ?

गोदावरी नगरपालिका– ८, जमुनाभाडीकी २३ वर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माइन् । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसीयूमा भर्ना गरे ।

आमा प्रसूती गृहमै भर्ना भइन्, छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी ‘छोरीलाई दूध खुवाउनू’ भन्दै उपचारमा संलग्न चिकित्सकले एसएनसीयूबाट कालीकी आमा दिलु बोहरालाई बच्चा दिए ।

कालीले दूध खुवाइन् । डिस्चार्ज भएपछि बच्चा लिएर घर गइन् । घर पुगेपछि बच्चाले दिसा गरेको भन्दै डाइपर निकाल्दा खाती दम्पती छक्क परे । शिशुलाई आमाको दूध खुवाउने बेलामा अस्पतालमा नर्सहरुले खाती दम्पतीकी छोरीलाई त्यहीं राखेर अर्को शिशु दिएका थिए, जुन शिशु सोही दिन एसएनसीयूमा राखिएको डडेलधुरा जोठबुढा नगरपालिकाकी भावना बोहराका छोरा थिए ।

‘अस्पतालमा छोरी जन्मेको भनेका थिए, घर पुग्दा त छोरा पो देखियो’– कालीका पति मेघराज खातीले भने । घर पुगिसकेका खाती दम्पतीलाई एक चिकित्सकले फोन गरेर तुरुन्तै अस्पताल आउन भने । अस्प्ताल पुगेका उनीहरुको हातबाट शिशु (छोरा) थुतेर अर्को शिशु (छोरी) थमाइएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर