newskoseli.Com

ज्योतिषको भेषमा ५ महिनादेखि बलात्कार !

झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ ।

कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगञ्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगञ्ज उपमहानगरपालिका– ४, गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको जाहेरी बिहीबार साँझ प्रहरीमा आएको थियो ।

बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफूलाई ‘साइबाबा’ भन्ने ती व्यक्तिले झारफुकको बहानामा वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् । ‘बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्छ’ भन्दै आरोपित ‘साइबाबाले’ धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन् ।

पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने ‘बाबा’ ले बिहीबार गर्भपतनको औषधि खुवाएको र योनीबाट रक्तस्राव नरोकिँदा ती बालिकाले घटनाबारे आमालाई बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडितका काकाले जानकारी दिए ।

पीडितको जाहेरी आउनेबित्तिकै ‘साइबाबा’ भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । उनले भने– ‘पीडितको जाहेरी आउने बित्तिकै आरोपित ‘साइबाबा’ भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । प्रारम्भिक बयानमा केही महिनादेखि झारफुकको बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ ।’

अपराधपूर्ण बलात्कार प्रकरणको अर्को वारदातबारेको यो खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर