newskoseli.Com

‘तक्मा’ बनाउन मात्रै ८ करोड खर्च !

गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ३ सय ४३ जनालाई विभूषित गरियो । राज्यलाई ‘महत्त्पूर्ण योगदान दिएको’ आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो ।

उनीहरुलाई दिइने तक्मा बनाउन ८ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ । सरकारले दिने तक्मामध्ये सबैभन्दा ठूलो ‘नेपालरत्न’ हो । यो तक्मा बनाउन करिव १५ लाख खर्च हुने बताइएको छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बीपी कोइरालालाई प्रदान गरिएको थियो ।

तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकारभित्र कमलको पात आकारका ८ वटा रातो मीना जडान गरिएको हुन्छ । बीचमा सुनले बनाएको नेपालको नक्सा पनि हुन्छ । राष्ट्रगौरव तक्माको ९ लाख, राष्ट्रदीपको करिव साढे ६ लाख तथा जनसेवाश्रीको ६ लाख रुपैयाँ लाग्छ ।

राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ । जनसेवाश्रीमा मणि जडान गरिएको हुन्छ । अलंकार बनाउन एउटाको २ हजार ५ सय तथा पदक बनाउन करिव ८ सय रुपैयाँ खर्च हुने खबर शनिबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर