newskoseli.Com

सीमाक्षेत्रका आपराधिक घटनाप्रति भारत ‘गम्भीर’ : प्रचण्डको भारत भ्रमण

नेपाल–भारत सीमा क्षेत्रमा भइरहेका आपराधिक घटनामा भारत ‘गम्भीर’ बनेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सीमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका छन् । सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धता समेत जनाएका छन् । प्रचण्ड बिहीबार भारत प्रस्थान गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका अधिकारीहरूसँग प्रचण्डको भेटघाट हुने कार्यसूची छ । उनले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेको खबर शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर