newskoseli.Com

भौकै–प्यासै प्रधानमन्त्रीलाई कुरिरहँदा…

शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर, प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घन्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए ।

राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभाहलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उदघाटनको कार्यतालिका अनुसार विद्यार्थीलाई १२ बजे नै हलमा प्रवेश गराइयो । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा खचाखच भरिएका विद्यार्थीले सहजै पानी पिउन र शौचालय जान पनि पाएनन् ।

ढोका–ढोकामा सादा पोशाकका सुरक्षाकर्मी खटिएका थिए । उनीहरुले सुरक्षा जाँचपछि सहजै भित्र छिर्न दिन्थे तर निस्कन दिन्थेनन् । ‘प्रधानमन्त्री आउने भनेर दुई घन्टा कुर्‍यौं,’ एसओएस माध्यमिक विद्यालय, सानोठिमीका विद्यार्थी अविचित आलेले भने– ‘पानी खान र शौचालय जान पनि पाइएन ।’

हल छिर्न सुरक्षाकर्मीले दुई ठाउँमा खानतलासी गरेका थिए । स्काउटका ड्रेस लगाएका स्वयमसेवक विद्यार्थीलाई हलभित्र उभिन समेत उनीहरुले दिएका थिएनन् ।

औपचारिक कार्यक्रम ५ घन्टापछि सकियो । त्यसपछि मात्रै विद्यार्थी हलबाट बाहिर निस्कन पाए । १२ बजे हलमा छिरेपछि ५ बजेसम्म भोकै बस्नुपरेको गुनासो उनीहरुले गरेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर