newskoseli.Com

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा

नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई २–० ले हराउँदै नेपालले सेमिफाइनलको बाटो तय गरेको हो । जितसँगै नेपाल समूह ‘ए’ को बिजेता पनि बन्यो ।

नेपालका लागि सेमिफाइनल पुग्न यो जित अनिवार्य थियो । पाकिस्तानविरुद्ध सुरुको पहिलो खेल गुमाएर ठूलो दबाबमा आएको नेपालले त्यसयताका दुई खेल जितेर प्रतियोगितामै उत्कृष्ट पुनरागमन गर्‍यो । नेपालको जितमा ३३औं मिनेटमा विमल घर्तीमगर र ९०औं मिनेटमा नवयुग श्रेष्ठले गोल गरे ।

नेपाल साफ च्यम्पियनसिपको इतिहासमा सेमिफाइनल पुगेको यो चौथो पटक हो । यसअघि सेमिफाइनलमा पुगेको तीन उपलब्धि विदेशी प्रशिक्षकको नेतृत्वमा प्राप्त भएका थिए । यसपल्ट नेपाली प्रशिक्षक बालगोपाल महर्जनले यो उपलब्धि हात पारेका छन् । विदेशी प्रशिक्षकहरू– सन् १९९९ मा जर्मनका फ्राङ्क स्टेप्लर, २०११ मा इंग्ल्यान्डका ग्राहम रोबर्टस् र २०१३ मा प्युटोरिकोका ज्याक स्टेफेनोस्कीले नेपाललाई साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

आइतबार भारत र माल्दिभ्सबीच हुने खेलले अब सेमिफाइनलामा नेपालले खेल्ने प्रतिद्वन्द्वीको निर्णय गर्ने खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर