newskoseli.Com

बल्ल बिहे गर्ने उमेरमा सम्बन्ध–विच्छेद !

लालीगुराँस नगरपालिका– ८ का मनकुमार लिम्बुले फेदाप गाउँपालिका– ५ की चन्द्रा लिम्बुसँग ०६८ मा मागीविवाह गरे । त्यतिबेला चन्द्रा १५ वर्ष र मनकुमार १७ वर्षका मात्रै थिए ।

विाहपछिका तीन वर्षसम्म त ठीकै थियो । तर, त्यसपछि सुरु भएको बेमेलले उनीहरुलाई सँगै बस्न नसक्ने अवस्थामा पुर्‍यायो । चन्द्राको उजुरीपछि जिल्ला अदालत तेह्रथुमले २१ फागुन, ०७४ मा उनीहरुबीच सम्बन्ध–विच्छेदको फैसला गर्‍यो ।

कलिलै उमरेमा बिहे गरेकी २१ वर्षीया चन्द्रा र २३ वर्षीय मनकुमार अहिले अलग–अलग रहेको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर