newskoseli.Com

प्रधानमन्त्री किन रूष्ट भए मुख्यमन्त्रीहरूसँग ?

देश संघीयतामा गएपछि पहिलो पटक प्रधानमन्त्रीको अध्यक्षतामा सबै प्रदेशका मुख्यमन्त्री सम्मिलित बैठक आह्वान भएको थियो । संविधानको धारा २३४ ले नै व्यवस्था गरेको अन्तरप्रदेश परिषदको बैठक प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेका थिए ।

केन्द्रसँगका असन्तुष्टिबारे समान धारणा बनाउन मुख्यमन्त्रीहरू गत बिहीबार पोखरामा भेला भएका थिए । प्रदेशका अधिकार पनि केन्द्रले मुठ्ठीमा राखेको भन्दै उनीहरूले प्रारम्भमै संघीयता संकटमा पर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । खासगरी साझा कानुन बनाउन केन्द्रले ढिलासुस्ती गरेको मात्र होइन, कर्मचारी समायोजनमा समेत बेवास्ता गरेको उनीहरूको गुनासो थियो ।

वित्तीय रुपमा पनि केन्द्रले सम्पूर्ण रुपमा निर्भर गराउने नीति लिएको भन्दै मुख्यमन्त्रीहरूले सबै असन्तुष्टि लिखित रूपमा प्रधानमन्त्रीसँगको बैठकमा राख्ने निर्णय गरेका थिए । तर, उनीहरू पोखराबाट काठमाडौं आइपुग्दानपुग्दै प्रधानमन्त्रीले सूचना दिए– ‘बैठक स्थगित ।’

थप तयारीका लागि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए । तर, बैठक तयारीको जिम्मेवारी लिएका सचिव लक्ष्मणप्रसाद मैनालीले भने– ‘तयारी सबै पुगेको थियो तर मन्त्रिपरिषदले नैै बैठक स्थगित गर्‍यो, कारण मलाई थाहा हुँदैन ।’

मुख्यमन्त्रीहरु र प्रधानमन्त्रीबीचको तिक्तताबारेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर