newskoseli.Com

सर्वोच्च अदालतलाई विपक्षी बनाएर इतिहासमै पहिलो पटक मुद्दा !

सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सीपी रेग्मीले मुद्दा दर्ता गराएका हुन् ।

सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी असोज ५ मा तोकिएको छ । संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले बताए । संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा ०७५ साउन २३ मा सर्वोच्चमा दर्ता भएको हो ।

मुद्दाको पक्षमा १० जनाभन्दा बढी वकीलहरुले बहस गर्नेछन् । इतिहासमै पहिलो पटक सर्वोच्च अदालतलाई विपक्षी बनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गरेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर