newskoseli.Com

सांसदहरूले नै किन गरिरहेछन् ‘संसदीय समिति’ हरूको बेवास्ता ?

जनताको चाहनालाई मूर्त रुप दिन बोलाइने संसदीय समितिलाई सांसदहरुले नै बेवास्ता गर्न थालेका छन् ।

संसदको बैठकमा मात्र होइन, समितिको बैठकमा पनि प्रायः शीर्ष नेताहरुको उपस्थिति सून्यप्रायः देखिन्छ ।

संसदीय समितिलाई ‘मिनी संसद’ भन्ने गरिएको भए पनि संसादहरुले समितिलाई वास्ता गर्न छाडेका छन् । संसदीय समितिमा दफावार छलफल भएर सबैको सहमति भएपछि मात्र विधेयकलाई संसदको बैठकमा लैजाने गरिएको छ ।

आइतबार बोलाइएको प्रतिनिधिसभाको अर्थ समितिको ५औं बैठकमा गणपूरक संख्या नपुग्दा बैठक बसे पनि कुनै निर्णय हुन सकेन । बैठक बिहान ११ बजे बोलाइएको थियो । समितिका जेष्ठ सदस्य राजपा नेता महन्थ ठाकुर पनि ११ बजेभन्दा ढिलो गरी बैठकमा पुगेका थिए । समितिमा रहेका २५ सदस्यमध्ये १२ सांसद मात्र बैठकमा उपस्थित भए ।

बैठकमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, श्यामकुमार श्रेष्ठ, रामकुमारी झाँकी, प्रमिला राई, चुडामणि खड्का, नीरादेवी जैरु, तुलसी थापा, सरवतआरा खानसहित १२ सांसद मात्रै उपस्थित भए ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७९ मा गणपूरक संख्यासम्बन्धी व्यवस्था गरिएको छ । नियममा भनिएको छ– ‘समितिको बैठकमा गणपूरक संख्या नपुगेमा सो संख्या नपुगेसम्म समितिका सभापतिले बैठकको कार्य स्थगित गर्न वा अर्को दिनका लागि बैठक स्थगित गर्न सक्नेछ ।’

सांसदहरूले नै ‘संसदीय समिति’ हरूको बेवास्ता गरिरहेको यो खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर