newskoseli.Com

‘कुकुरलार्इ कुट्दा’ दुई युवक जेल चलान !

‘कुकुरलाई कुट्दा’ बनेपका दुई युवक जेल परेको खबर छ । बनेपा– ७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ ।

स्थानीय संविधानबहादुर जोशीको कुकुरलाई ‘कुट्ने र धम्क्याउने’ दुई युवालाई प्रहरीले पक्राउ गरेको हो । ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयमा दर्ता भएपछि खानीखोला गाउँपालिका– ७ घर भई हाल बनेपा– ७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल– १ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो ।

जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई उनीहरूले रडले हानेर खुट्टा भाँचिदिएका हुन् । जोशीले प्रहरीमा दिएको उजुरीमा ‘सन्तान झैं माया गरेर पालिएका कुकुरलाई कुटपिट गरेको’ उल्लेख गरिएको छ । कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको सम्भवतः नेपालमै यो नै पहिलो घटना हो ।

‘उजुरी दर्ता गर्ने वा नगर्ने’ भन्ने सम्बन्धमा प्रहरी अन्योलमा थियो । तर, मुलुकी अपराध संहिता पल्टाएपछि प्रहरी उजुरी लिन बाध्य भएको खबर मंगलबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर