newskoseli.Com

मन्त्रीका पीएलाई कार्यकर्ताले निर्घात कुटे मन्त्रीकै कार्यकक्षमा… !

सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । मन्त्रीलाई भेट्न नदिएको भन्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले मन्त्रीका पीएलाई कुटपिट गरेका हुन् ।

लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई उनीहरुले कुटपिट गरेका छन् ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्वन्द्वपीडित कार्यकर्ताहरु गेटबाट पास लिएर सिंहदरबार प्रवेश गरेका थिए । भित्र पसिसकेपछि उनीहरु आपूर्तिमन्त्री यादवलाई भेट्न पुगे । र, लामो समयसम्म कुर्दा पनि मन्त्री यादवलाई भेट्न पालो नपाएपछि नेकपाका ती कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिए ।

स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त हुनुहुन्छ भन्दै ती कार्यकर्तालाई अल्मल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भनेर आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए ।

ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने–नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर