newskoseli.Com

‘अस्वीकृत’ जोशी काममा फर्किएपछि सर्वोच्चमा सकस !

संसदीय सुनुवाइ समितिबाट प्रधान न्यायाधीशमा ‘अस्वीकृत’ भएपछि निरन्तर बिदामा बस्दै आएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी फेरि सर्वोच्चमै काममा लुरुलुरु फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ ।

बिदा बसेका जोशी नवनियुक्त प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको पदबहालीसँग सर्वोच्च फर्केका हुन् । प्रधान न्यायाधीश मिश्रले मंगलबार अरु सबै न्यायाधीशलाई मुद्दा सुनुवाइका लागि पेशी तोके पनि जोशीलाई पेशी नतोकेपछि उनको आगमन थप जिज्ञासाको विषय बनेको छ ।

तत्कालीन कामु प्रधान न्यायाधीश जोशी संसदीय समितिबाट अनुमोदन नभएपछि उनले राजीनामा गर्ने अनुमान गरिएको थियो । तर, जोशी लामो घरबिदा बसेर सोमबार सर्वोच्च फर्केका हुन् । मंगलबार कार्यालय पुगे पनि न्याय सम्पादनको जिम्मेवारी नतोकिएपछि जोशी हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर बेलुका त्यत्तिकै घर फर्किए । सोमबार भने जोशीले मुद्दा सुनुवाइमा आफू सहभागी हुने भनाइ राखेका थिए ।

प्रधान न्यायाधीश मिश्र जोशीका विषयमा ‘पर्ख र हेर’ को अवस्थामा छन् । सर्वोच्चका एक न्यायाधीशका अनुसार सर्वोच्चकै कतिपय न्यायाधीशबाट जोशीबारे ‘पुनर्विचार गर्न’ सुझाव दिइएको छ । मर्यादाक्रममा माथि रहेका केही न्यायाधीशले जोशीलाई ‘वरिष्ठ’ को हैसियतमा इजलासको जिम्मेवारी दिँदा बाहिर जाने सन्देशको ख्याल राख्न प्रधान न्यायाधीश मिश्रलाई सुझाएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर