newskoseli.Com

निर्मला पन्त प्रकरणमा नयाँ मोड : ‘प्रहरीले हत्यारा बचाउन खोजेको पुष्टि’ !

निर्मला पन्तको ‘हत्यारा’ भनेर प्रहरीले दोषी ठहर्‍याएका भीमतत्त नगरपालिका– ११ का ४१ वर्षीय दिलिपसिंह विष्टको डीएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।

डीएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका छन् । निर्मलाको डीएनए प्रोफाइलसँग मेल नखाएपछि दिलिपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए । ओझाले भने– ‘निर्मलाको पोस्टमार्टमको डीएनए प्रोफाइलसँग दिलिपको डीएनए प्रोफाइल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छाडिएको हो ।’

दिलिप निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ । प्रहरीले झुठो विवरण प्रस्तुत गरेर दिलिपलाई किन दोषी ठहर गर्न खोज्यो ? अधिकारकर्मी शारदा चन्दा भन्छिन्– ‘दिलीप निर्दोष ठहरिएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।’

निर्मलाको हत्या सुनियोजित थियो र ‘शक्तिशाली दोषी’ बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भइसकेको स्थानीय मञ्जु भट्टले बताएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर