newskoseli.Com

निर्मला पन्त हत्या : शंकाको घेरामा एसपी, शंकास्पद सबैको डीएनए परीक्षण गरिने

१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डीएसपी कृष्ण ओझाले दिलिप विष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन् ।

शंकास्पद सबै व्यक्तिका डीएनए संकलन गरेर परीक्षण गरिने उनले बताए । एसपी विष्टको पनि डीएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने– ‘ठूलो–सानो जोसुकै भए पनि सबैको डीएनए परीक्षण गरिन्छ ।’

दिलीप विष्टको डीएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली विष्ट समेत शंकाको घेरामा तानिएका छन् । स्थानीयले एसपी विष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन् ।

दिलिप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डीएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन् । ‘अब प्रहरीका उच्च तहका अधिकारीकै डीएनए परीक्षण गराउनुपर्छ,’ उनले भने– ‘जनताको शंका प्रहरीतिरै भएकाले उनीहरूको डीएनए परीक्षण गराउँदा केही बिग्रँदैन ।’

स्थानीय बासिन्दा र निर्मलाका आफन्तले एसपी डिल्ली विष्टलगायतका जिम्मेवार प्रहरीमाथि नै शंका गरिरहेको उनले बताए । स्थानीय नैनसिंह बुढाले पनि दिलिप विष्ट निर्दोष सावित भएपछि अब जनताको औंला प्रहरीतर्फ सोझिएको बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

‘नक्कली पात्र’ खोज्नमै सक्रिय प्रहरी

निर्मलाको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टको टोली सुरुदेखि नै निर्दोषलाई फसाएर दोषी करार गर्न सक्रिय रहेको पाइएको छ । निर्मलाको शव साउन ११ गते उखुबारीमा फेला परेपछि प्रहरीले कञ्चनपुरका दिपक नेगी र कैलाली मोहन्यालका जीवन घर्ती मगरलाई पक्राउ गरेको थियो ।

स्रोतका अनुसार जीवन मानसिक सन्तुलन गुमेका व्यक्ति हुन् भने दिपक पनि गम्भीर प्रकृतिका रोगी हुन् । ‘प्रहरीले गाउँमा आएर गम्भीर प्रकृतिको रोग लागेका दीपकलाई समातेर घटना कबोल गर्न लगायो,’ स्रोतले भन्यो– ‘घटना मैले गरेको हुँ भन् भनेर प्रहरीले उनलाई बक्न लगायो तर दिपकले आफू घटनामा संलग्न नभको बताएपछि दुवै जनालाई मुक्त गरिएको थियो ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर