newskoseli.Com

उमेर ढाँटेर बढुवा खाने पूर्वडीएसपीविरुद्ध अख्तियारको मुद्धा ! खाएको तलब समेत असुल…

उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ वर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पूर्वडीएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । आफ्नो उमेर करिव २ वर्ष ढाँटेर उनी डीएसपीमाा बढुवा भएका थिए । गतवर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुल–उपर गरेको थियो ।

उनी ०३७ वैशाखमा १८ वर्ष पुगेका थिए । तर, आफू १६ वर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर