newskoseli.Com

१२ वर्षीया बलात्कार गर्ने ५० वर्षे : ‘जोगाउन’ सांसदको घरमा ‘पञ्चायती’ !

बालिका बलात्कारको घटनालाई ढाकछोप गर्न एक प्रदेशसभा सांसदले आफ्नै घरमा छलफल (पञ्चायती) राखेको खुलासा भएको छ ।

पीडितलाई प्रहरीकहाँ आउन नदिर्इ घटनाको ४ दिनसम्म गाउँमै ‘मिलाउने’ प्रयास गरिएको थियो । पीडितले इलाका प्रहरी गरुडामा किटानी जाहेरी दिएपछि सांसदले घटना लुकाउन खोजेको तथ्य खुलेको हो । रौतहटको गम्हरियाकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ५० वर्षीय सहमद अन्सारीलाई पक्राउ गरेको छ । भदौ २० गते घरमा कोही नभएका बेला अन्सारीले बलात्कार गरेका थिए ।

घटनापछि प्रदेशसभा सांसद अब्दुल कलाम आजाद (फूलबाबु) ले घरमा पीडकलाई समेत झिकाएर ‘पञ्चायती’ गरे । बालिकाकी आमाले भनिन्– ‘हामीसित पनि बयान लिने काम भयो, पछि सुनें– पैसा दिने निर्णय भएछ तर हामी अस्वीकार गरेर न्यायका लागि प्रहरीसमक्ष आयौं ।’

जघन्य अपराध ढाकछोप गर्न सांसदले ‘पञ्चायती’ राखेको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर