newskoseli.Com

ज्ञानेन्द्र शाह थाइल्याण्ड जाँदै, श्रीलंका र मुम्बई पनि जाने

पूर्वराजा ज्ञानेन्द्र शाह डेढ महिनापछि शुक्रबार फेरि थाइल्याण्ड जान लागेका छन् । थाइल्याण्डबाट उनी श्रीलंका र भारतको मुम्बई जाने कार्यक्रम तय भएको छ ।

दुई साता थाइल्याण्ड बसी श्रीलंका जाने तयारीमा रहेका पूर्वराजा दम्पतीको थाइल्याण्ड भ्रमणको बन्दोबस्त मिलाउन बुहारी हिमानी बिहीबार थाइल्याण्ड गइसकेकी छन् । हिमानीकी निजी सचिव स्मिता सिंह, पूर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, केही भान्छे, सुसारे र नानीसहित करिव डेढ दर्जनको टोलीका साथ हिमानी थाइल्याण्ड गएकी हुन् ।

स्रोतका अनुसार श्रीलंका र भारतमा ज्ञानेन्द्र शाहले उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर