newskoseli.Com

सरकारलाई ‘कारबाही गर्ने’ सर्वोच्चको चेतावनी !

आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई नै कारबाही गर्ने कडा चेतावनी दिएको छ ।

सरकारले आफ्नो आदेशको अवहेलना गरेकाले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार कारबाही गर्ने चेतावनी सर्वोच्च अदालतले दिएको छ । संविधनको धारा १२८ को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा अवहेलनामा कानुनबमोजिम कारबाही चलाई सजाय गर्न सक्ने उल्लेख छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले चार पटकसम्म आदेश दिए पनि सरकारले सर्वोच्चबाटै पक्राउ गर्दै आएको छ । शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले अवहेलना मुद्दामा सरकारलाई कारबाही गर्ने चेतावनी दिएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर