newskoseli.Com

सचिवालयका कर्मचारीको चेतावनी : थप सेवा-सुविधा नदिए बैठकै नचलाउँदैनौं…

अतिरिक्त समयमा काम गरेबापत थप सेवा-सुविधा नपाए समितिका बैठक चलाउन नसकिने भन्दै संघीय संसद सचिवालयका कर्मचारीले सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

यसअघि दिँदै आएको सबैखाले सेवा-सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो । २०७४ माघ ७ सम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घन्टा बढी समय खटाइने गरिएको थियो । त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।

शनिबार र बिदाका दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर