newskoseli.Com

वामदेवले ताके बाँके– ३ : रोकाया भन्छन्– ‘पार्टीले निर्णय गरे छोड्छु’

पछिल्लो चुनावमा पराजित नेकपाका नेता वामदेव गौतमलाई ‘जसरी पनि’ सांसद बनाउन उनको पार्टी प्रयासरत छ । वामदेवका लागि डोल्पामा ठाउँ ‘खालि गराउन’ खोजियो । तर, त्यहाँका कार्यकर्ताले मानेनन् ।

अब पार्टीको ध्यान बाँके– ३ मा केन्द्रित भएको छ । त्यो मिलाइदिन महासचिव विष्णु पोडेल लागिपरेका छन् । पौडेलले बाँके– ३ का सांसद नन्दलाल रोकायालाई शुक्रबार बोलाएर ‘ठाउँ खालि गरिदिन’ आग्रह गरेका छन् ।

रोकायाले यसको पुष्टि पनि गरेका छन् । पार्टीले राष्ट्रिय आवश्यकता ठानेर आधिकारिक निर्णय गरेमा सोच्न सकिने जवाफ उनले पौडेललाई दिएका छन् । ‘वामदेवजीलाई संसदमा ल्याउनैपर्ने राष्ट्रिय आवश्यकता हो भने र त्यसमा पार्टीले निर्णय गर्छ भने म छोड्छु,’ उनले भने– ‘व्यक्तिगत हिसाबले म छोड्न तयार छैन तर पार्टीले निर्णय गरे छोड्छु ।’

वामदेवका लागि विकल्प खोजिएको यो खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर