newskoseli.Com

४४ वर्षपछि धमाधम जलाइँदै बेवारिसे शव !

फाइल तस्बिर

सनाखत नभएका बेवारिसे शव ४४ वर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गाको अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले त्यस्ता शव जलाउन सुरु गरेको हो ।

विभागले फ्रिजमा राखेका त्यस्ता ५९ वटा बेवारिसे शवमध्ये ९ वटा जलाइसकेको छ । सामान्यतः विश्वमै कहीं पनि बेवारिसे शव जलाइँदैन । यस्ता शवलाई गाडेर ‘व्यवस्थापन’ गरिन्छ ।

वर्षौैपछिसम्म पनि परिवार तथा आफन्त खोज्न आउन सक्ने भएकाले बेवारिसे शवलाई नजलाई गाड्ने गरिएको हो । त्यसरी खोज्न आएमा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर आफन्तलाई दिने गरिन्छ । तर, महाराजगञ्जस्थित फरेन्सिक मेडिसिन विभागले भने गाड्ने जग्गाकै अभाव भएपछि बेवारिसे शवलाई जलाउन सुरु गरेको हो ।

४४ वर्षदेखि विभाग अगडिको १० आना खालि जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आएको थियो । तर, अब उक्त जग्गामा पनि भवन बन्न लागेको र सरकारले शव गाड्ने नयाँ जग्गा पनि उपलब्ध नगराइदिएकाले केही महिनायता फ्रिजमा राखिएका शव जलाउन थालिएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर