newskoseli.Com

तल झर्‍यो नेपाल : मानव विकास सूचकांक…

अन्य मुलुकहरुको गति अनुसार विकास हुन नसक्दा नेपाल मानव विकास सूचकांकमा एक स्थानले तल झरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकांकमा नेपाल यस पटक १ सय ४९औं स्थानमा छ ।

१ सय ८९ मुलुकमध्ये सन् २०१६ मा नेपाल १ सय ४८ स्थानमा थियो । यस पटक नेपालको मानव विकास सूचकांक ० दशमलव ५७४ छ । सन् २०१६ मा नेपालको मानव विकास सूचकांक ० दशमलव ५६९ थियो । यस आधारमा भने नेपालको मानव विकास सूचकांकमा प्रगति भएको देखिन्छ ।

तर, अन्य मुलुकको प्रगति नेपालको भन्दा राम्रो भएकाले स्थान चाहिँ तल झरेको छ । यूएनडीपीले मुख्य गरी औषत आयु, शैक्षिक स्तर र क्रयशक्तिका आधारमा प्रतिव्यक्ति आय सूचकहरुको आधारमा मानव विकास सूचकांक निकाल्ने गरेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर