newskoseli.Com

‘गाली गरेको’ निहुँमा ढुंगाले हानेर बालकको हत्या !

छबीसपाथीभेरा गाउँपालिका– ७, मजखोरीका महेश बोहराका ९ वर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । सोही ठाउँका ध्वज बोहराका १७ वर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिलो गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर उनको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘छाडा–छाडा गाली गर्न थाल्यो, लात्तााले पेटमा हानेर ढलाएँ,’ तिलकले भने– ‘त्यसपछि ढुंगैढुंगाले हानें, ऊ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।’ तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत रहेको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर