newskoseli.Com

९ कक्षाकी रिताको पौरख : बिहानभरि विद्यार्थी, दिनभरि सफारी चालक

रिता कार्की जम्माजम्मी १४ वर्षकी भइन् । बेलबारी नगरपालिका– ११, लक्ष्मीमार्ग, मोरङ हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि ‘सिटी सफारी’ को ह्यान्डिल घुमाउँदै यात्रु ओसार्छिन् ।

भन्छिन्– ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि उनको भूमिका फेरिन्छ सफारी चालकमा । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् ।

‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ’– उनले भनिन् । ४ महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्– ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेकी छु ।’

नेपाली नागरिकले भोगिरहेको कष्ट र देखाइरहेको पौरखबारेको यो खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर