newskoseli.Com

राजधानीमै ४५ दिनमा ४२ बलात्कार !

कञ्चनपुर काण्डले देशनै चिन्तित भएका बेला बलात्कारका घटना भने झन् बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा देशभर २ सय २५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेका छन् । साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भए, ललितपुर र भक्तपुरमा ७ सात घटना भए ।

‘दिनमा ४ देखि ५ महिला बलात्कृत भइरहेका छन्,’ प्रहरी प्रवक्ता शैलेश थापाले भने– ‘यकिन रिपोर्ट अझै संकलन गर्दै छौं ।’ बलात्कारको कहालीलाग्दो तथ्यांक बारेको यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर