newskoseli.Com

२ सय रुपैयाँ ऋण तिर्न नसक्दा १ वर्ष जेल !

धनुषाका एक दलितले ‘महाजन’ लाई २ सय रुपैयाँ ऋण तिर्न नसक्दा आइतबार उनलाई १ वर्षका लागि जेल चलान गरिएको छ ।

जनकपुर उपमहानगरपालिका– १८, कुवा, रामपुरका ६० वर्षीय राधाकृष्ण खंग खत्वे आइतबार स्वयं जिल्ला अदालत धनुषामा हाजिर भई आफूलाई ‘जेल चलान गरिदिन’ आग्रह गरेका थिए ।

‘सुरुमा अदालतका कर्मचारीहरुले पक्राउ पुर्जी दिन आनाकानी गरेका थिए, पछि नागरिकता प्रमाणपत्र देखाएपछि बल्ल जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखे’– खंगसँगै अदालत पुगेका सोही गाउँका कुशेश्वर मेस्तरले जानकारी दिए ।

मेस्तरका अनुसार खंगलाई जिल्ला अदालत पुर्‍याउन गाउँका ७ जना दलित सँगै आएका थिए । ‘हामी स्नान–पूजा गरी गाउँको शिवमन्दिरमा भेला भयौं । भगवान् शिवलाई साक्षी राखी सीधा जिल्ला अदालत पुगेर खंगलाई आत्मसमर्पण गरायौं’– उनीहरूले भने ।

‘२ सय रुपैयाँ नतिरेका कारण जेल जानुपरेको यो नै पहिलो घटना होला, दलितमाथिको अन्याय कहिले अन्त्य होला रु’ कुशेश्वर मेस्तरले भने । पत्रकार महासंघ, धनुषाको विद्यापति चौकस्थित कार्यालयमा शनिबार पत्रकार सम्मेलन आयोजन गरी खंगले आफू आत्मसमर्पण गर्न लागेको जानकारी गराएका थिए ।

‘प्रहरी पटक–पटक घरमा जान्छ, परिवारका महिला–पुरुषलाई धम्काउँछ, घर–परिवारका सदस्यहरुलाई दुःख दिनुको सट्टा जेलमै बस्छु’– खंग भनेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर