newskoseli.Com

भारतीय सेनाध्यक्षको आपत्तिजनक अभिव्यक्ति : सार्वभौम नेपालमाथि फेरि अर्को धावा !

बिम्स्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना सुरु भएको छ ।

भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिम्स्टेक बैठकले भारतको पुनेमा ‘संयुक्त सैन्य अभ्यास’ गर्ने घोषणा गरिएको थियो । नेपाललेण् सुरुमा सैन्य अभ्यासमा सहभागी हुने जानकारी दिए पनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागी नहुने घोषणा गरेपछि भारत नेपालसँग फेरि एक पटक झस्किएको थियो ।

नेपालसँगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो । नेपालको भू–राजनीति परिर्वतन हुँदै गएको कुरालाई भारतीय सेनाध्यक्षले नबुझेको र उनको त्यस्तो अभिव्यक्तिले नेपाली शासकलाई दक्षिणतिरको परनिर्भरता बिस्तारै परिर्वतन गर्नेतर्फ झन् अभिप्रेरित गर्ने पूर्वजर्नेल डा. उमेशकुमार भट्टराईले बताए ।

उनले भने– ‘नेपाल–चीनबीच ब्यापार तथा पारवहन सम्झौता भएपछि चीनले नेपाललाई बन्दरगाहा प्रयोग गर्न दिनेसम्मका कुरा आएपछि भारतीय सेनाध्यक्षले नेपाललाई लक्षित गरी दिएको अभिव्यक्तिकोे कुनै तुक छैन ।’,

भारतीय सेनाध्यक्षको आपत्तिजनक अभिव्यक्तिबारेको यो खबर मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर