newskoseli.Com

प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा पर्‍यो यस्तो चर्काचर्की !

निर्मला पन्तका आमा–बाबुसहितको टोली प्रधानमन्त्रीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्रीले टोलीका तीन जनालाई मात्र भेट्न सक्ने जानकारी नेकपा नेतृ एवं सांसद निरु पालले गराएकी थिइन् । तर, संघर्ष समितिले कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त राखेपछि सबैलाई बालुवाटार बोलाइएको थियो ।

बालुवाारमा प्रधानमन्त्रीसहित नेकपाका नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रसाद भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडूलगायत सहभागी थिए । बैठकको सुरुआत गदै भीम रावलले आमा र बाबुमध्ये एक जनाले मात्र बोल्न पाउने सर्त राखे । आमा दुर्गादेवीले आफ्नो भनाइ राखिन् ।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । अनुसन्धानमा चरम लापरबाही भएको भन्दै उनले गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे । साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनु पर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाइका क्रममा भीम रावलको अभिव्यक्तिले जनता आक्रोशित भएको बताउनासाथ रावलले उनलाई रोके ।

रावल बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले, त्यसपछि वातावरण उत्तेजित भयो । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके । त्यसपछि स्थिति शान्त बनाउँदै प्रधानमन्त्रीले बोल्न थालेको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर