newskoseli.Com

२१ वर्षीया युवतीमाथि राजधानीमै सामूहिक बलात्कार !

सोमबार एक युवतीमाथि राजधानीमै सामूहिक बलात्कार भएको छ । स्युचाटारमा डेरा गरी बस्ने २१ वर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्ने एक खाजा पसलबाट उद्धार गरेको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनेसार ‘मामा’ नाता पर्ने अर्जुनले दिउँसो साढे ४ बजेतिर युवतीलाई ‘खाजा खान’ भन्दै होटलमा लगेका थिए ।

नुवाकोट स्थायी ठेगाना भएका अर्जुन लामा, स्युचाटारकै एक होटलका सञ्चालक रामकृष्ण नगरकोटी र उनका साथी सूर्य लामाले आफूलाई बलात्कार गरेको बयान युवतीले दिएकी छन् । बलात्कारको अरोप लागेका तीनै जनालाई प्रहरीले पक्राउ गरेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर