newskoseli.Com

६ अर्बका खसी–बोका वर्षेनि भित्रन्छन् भारतबाट मात्रै…

विडम्बना ! नेपाल ‘कृषिप्रधान’ देश भए पनि खसी–बोकामा मात्रै वर्षमा करिव ६ अर्ब रुपैयाँ भारततर्फ मात्र बाहिरिने गरेको छ । नेपालमा पर्याप्त रुपमा खसी–बोका उत्पादन नहुँदा नेपाली पैसा यसरी वर्षेनि बाहिरिँदै गएको छ ।

नेपाली व्यवसायीहरुले भारतबाट हप्तामै साढे ८ करोड मूल्यको खसी–बोका आयात गर्दै आएका छन् । नेपालमा ढुवानीको राम्रो व्यवस्था र संकलन केन्द्र नहुँदा वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने गरेको काठमाडौं चौपाया खरिद–बिक्री प्रालिका अध्यक्ष जनककुमार खणड्काले बताए । खड्काका अनुसार नेपाली व्यापारीहरुले भारतबाट आइतबार र बिहीबार खसी–बोका आयात गर्ने गरेको छन् ।

दसैंबाहेक हप्ताको २ दिन मात्र २३ ट्रक आयात गर्ने गरेको खड्काले बताए । १ ट्रकमा २ सय ५० खसी–बोका हुने उनले बताए । भारतबाट नेपालमा २३ ट्रकका दरले नेपालमा वर्षमा २ लाख ९९ हजार वटा खसी–बोका आयात हुने गर्दछन् ।

भारतबाट नेपाली बजारमा आइपुग्दा एउटा खसीको ज्याला मात्रै ३ सय रुपैयाँ पर्न जाने उनले बताए । उक्त खसीको हिसाब गर्दा वर्षमा ४ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको खसी–बोका आयात हुने गरेका छन् । उक्त खसी–बोका आयात गर्न नेपाली व्यापारीहरुले वर्षमा करिव ८ करोड ९७ लाख ज्याला तिर्नुपर्ने देखिएको खबर बुधबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर